back
NMB ad

सेयर बजार राताम्मे, हाईड्रोपावरमा थोरै आशा

Kumari bank ad

काठमाडौं । चैत महिनाको पहिलो दिन नै सेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि नै आरोलो लागेको बजारमा अन्तिमसम्म पनि सम्हालिन सकेन, जसको कारण बजार मापन गर्ने सूचक ५१.२३ अंकले घटेर परिसूचक २४०७.२५ बिन्दुमा आएको छ ।

बजार मापन गर्ने सूचकसँगै कारोबार रकममा पनि गिरावट आउँदा लगानीकर्तामा त्रास पनि बढेको छ । २११ कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता सेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १०.१० अंकले घटेर ४३५.१३ बिन्दुमा रोकिएको छ । बैंकिङ समूहमा आएको गिरावटको असर बजारमा देखिएको छ । बैंकिङ समूहको उपसूचक ३२.३३ अंकले बटेको छ ।

सेयर बजारमा ८० प्रतिशत भन्दा बढी हिस्सा बैंकिङ समूहको रहेको बताइन्छ । जसले गर्दा बैंकिङ समूहको उपसूचकमा बढ्दा वा घट्दा बजारको घटबढलाई समेत संकेत गर्ने गरेको पाइन्छ । आज बैंकिङ समूह मात्रै नभएर अन्य १० समूहको उृपसूचकमा समेत गिरावट आएको छ । कारोबारमा होटल एण्ड टुरिजम ६१.१२, जलविद्यूत समूहको उपसूचक४७.८२ अंककोसुधार देखिएको छ । अन्य समूहको उपसूचकमा भने गिरावट देखिएको छ । कारोबारमा जलविद्युत कम्पनीका लगानीकर्ताले केही कमाएका छन् ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाईड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको ४४ करोड ५६ लाख १५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर बैंक र नबिल बैंक रहेको छ ।

 

वि.सं.२०७७ चैत १ आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...