back
NMB ad

सिभिल बैंकको नगदरहित अभियान धनगढीको दैनिक कृषि उपज हाट बजारमा

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले नगद रहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

उक्त बजारका विभिन्न ब्यापारीहरुलाई बैंकको क्युआर कोड वितरण गरि नगदरहित अभियानलाई प्रोत्साहन गरेको छ । सो कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशकसुवास चन्द्र घिमिरले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताउनुभयो । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमालैजाने र आगामीदिनहरुमापनि यस्तै खालको सेवाहरुल्याउँदै जाने कुरा बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशीले बताउनुभयो ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा७ एक्सटेन्सन काउन्टर मार्फत सेवाप्रदान गरिरहेको बैंकले करीव ८१ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ७५ अर्व रुपैयाँल भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:०६

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा...

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० चैत्र मसान्तमा सूचीकृत...

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९

काठमाडौँ, ३० वैशाखः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश...

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको...

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:२४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति...

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:१९

पूर्णप्रसाद मिश्र काठमाडौँ, ३० वैशाख : आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा...