back
NMB ad

काठमाडौंमा फैलियो हुण्डीको कारोबार, साढे ४२ लाखसहित २ जना पक्राउ

Kumari bank ad

काठमाडौं । कोरोनाले निम्त्याएको लकडाउन हटेसँग उपत्यकामा हुण्डीको कारोबार सुरु भएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले हुण्डीको कारोबारमा संलग्न २ जनालाई साढे ४२ लाख सहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२४ बिशालबजार नजिकबाट श्रोत नखुलेको नगद ३० लाख ५० हजार र बाँकी विभिन्न सहकारी संस्था तथा बैंकको चेक सहित साढे ४२ लाख रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनसेवाबाट खटिएको प्रहरीले उक्त रुपैयाँसहित काठमाडौंका कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ का २५ बर्षीय गणेश पाण्डे लगायत २ जनालाई पक्राउ गरेको हो ।

उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल लगायत प्रहरीले बरामद गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

वि.सं.२०७७ चैत १५ आइतवार ११:३९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...