back
NMB ad

स्याउको बीमा गरेर १३ सय ९१ किसानले पाए साढे २ करोड

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्सले मौसम सुचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे २ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबीभुक्तानी हस्तान्तरण गरिएको हो । जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् ।

जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रति बिरुवाद २ सय ७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ ।

यसैगरी, प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबीभुक्तानी पाएका छन् । कालिकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सुचकांकमा आधारित स्याउ बीमा गराएका थिए । यस्तै मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बीमा गरे बापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेको भनाइ छ ।

कर्णालीका किसानहरुले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरुले अहिले दाबीभुक्तानी पाएका हुन् । असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् ।

शिखर इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकांकको आधारमा गरिने बीमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बीमा पोलिसी सुरु गरेको थियो । सुरुको वर्ष ४७ जना किसानले स्याउको बीमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बीमा गराए ।

असिना र सुख्खा खडेरीले क्षति पुर्याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोेरेका किसानले बीमा रकम पाउँदा राहात महसुस गरेका छन् । आगामी दिनमा शिखर इन्स्योरेन्सले मौसम सुचकांक बीमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको छ ।

वि.सं.२०७७ चैत १९ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...