back
NMB ad

कोरोनापछिको अर्थतन्त्र पुनरुत्थानको बाटोमा हिँडन सकेनः अध्यक्ष श्रेष्ठ

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनापछिको अर्थतन्त्र पुनरुत्थानको बाटोमा हिँडन नसकेको बताउनु भएको छ ।

सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्न नसकेको बताउनु भएको छ । नेम्बर अफ कमर्सको ७० औं बार्षिक साधारण सभामा उहाँले यस्तो बताउनु भएको हो ।

सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान मूलतः नेपाल चेम्बर र चेम्बरजस्तै संस्थाहरूसँगको सहकार्यबिना पूरा हुन सक्दैन । त्यसैले आजको दिनमा निजी क्षेत्र र सरकारबीच कुनै सीमारेखा कोरिरहनु आवश्यक छैन भन्ने हाम्रो बुझाइ हो । उहाँले कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाउँ सारा विश्वले चिन्नसक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा उहाँले मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा नभएको र कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेता पनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त रहेको बताउनु भयो ।

पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको र अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद् नभएको स्मरण गराउनु भयो । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद् नभएको स्मरण गराउनु भयो ।

नेपाल चेम्बर अफ कमर्सले स्थापनाकालदेखि नै सरकारसँग सहकार्य गर्दै आइरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने जानकारी गराउनु भयो । व्यवसायीको सल्लाह र सुझाव सरकारका ऐन, कानुन, नीति तथा कार्यक्रममा केही न केही समेटिएको बताउनु भयो । सरकार र निजी क्षेत्र एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो ।

‘हामीबीच सहकार्यको विकल्प छैन । सरकार कहिलेकाहिँ गलत बाटोमा हिँड्न खोजेमा सच्याउने दायित्व आम नागरिकको जस्तै निजी क्षेत्रको पनि हो’ उहाँले भन्नुभयो ‘हामीले खासगरी आर्थिक विषयवस्तुसँग सम्बन्धित नीति नियम तर्जुमाका सन्दर्भमा विगतमा सरकारको आलोचना पनि गरेका छौं र सडकमै ओर्लिएको अवस्था पनि छ । तर पछिल्लो समय निजी क्षेत्र र सरकारबीच सम्बन्ध सुमधुर छ । निजी क्षेत्र र ट्रेड यूनियनबीच पनि विश्वासको वातावरण बनेको अवस्था छ ।’

तातेको बेला फलामलाई आफूले चाहेको आकारमा बदल्न सकिएजस्तै अहिले सरकार, निजी क्षेत्र र श्रमिकबीच विश्वासको वातावरण बनेकाले आर्थिक सुधारलाई नयाँ उचाईमा पु¥याउने उचित अवसर रहको उल्लेख गर्नुभयो ।

वि.सं.२०७७ चैत २६ बिहीवार १८:५४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...