back
NMB ad

डढेलो नियन्त्रण गर्न हरेक पालिकामा एक पोखरी र एक हेलिप्याडः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डढेलो नियन्त्रण गर्न हरेक पालिकामा एक पोखरी र एक हेलिप्याड कार्यान्वयमा लाग्नुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न विपद् जोखिम न्यूनिकण तथा व्यवस्थापन राष्ट्रिय परिषदको पाँचौ बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।

अहिलेको जस्तो डढेलो नियन्त्रण गर्न सम्भव भएका स्थानमा पानीको आपुर्ति गर्ने वा आफूले अघिल्लो कार्यकाल देखिनै भन्दै आएको हरेक पालिकामा एक पोखरी र एक हेलिप्याडलाई कार्यान्वयन तर्फ लाग्न सकिने धारणा उहाँको थियो । आगलागीका बेला हवाई फायर फाइटर प्रयोग गर्न त्यस्ता पोखरीले मद्दत गर्ने बताउनुभयो ।

बैठकमा ओलीले प्राकृतिक विपत्ति आइलागेपछि मात्र राहत र उद्धारका लागि जुटने प्रवृत्ति छोड्नु पर्ने बताउनु भएको छ । हामीले अब प्राकृतिक प्रकोपको रोकथाम र सुरक्षातर्फ जानुपर्छ नत्र ‘……पुनर्दरिद्रः पुनरेव पापी ।।’ भनेजस्तो विपद्को चक्र चलिरहने र हामी सँधै उद्धार, राहत र पुननिर्माणका लागि जुटनुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ‘विपत्ति आए पनि धनजनको क्षति नहुने गरी प्राकृतिक स्रोत्को उपयोग र संरचना निर्माण गरिनुपर्छ ।’

यतिबेला डडेलो सर्वाधिक चिन्ताको विषय भएको बताउँदै प्रधानमन्त्रीले यति धेरै ठाउँमा यसरी डडेलो लाग्नु भनेको प्राकृतिक मात्र नभइ मानवीय कारण समेत रहेको बताउनुभयो । कतिपय स्थानमा केटाकेटीले खेल्ने क्रममा समेत आगो लगाउने गरेको पाइएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगलागी जस्तै बाढी पैरोको प्रकोप आउने समयमा जनताबीच सचेतना अभियान लैजानुपर्ने बताउनुभयो । ‘बाढीको मौसम छ भने बाढी सम्बन्धी सचेतना अभियान, आँधी हुरीसम्बन्धी समयमा त्यसै सम्बन्धी अभियान जस्ता कुरा चलाउनु जरुरी छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘त्यस्ता बेला विपद निवारणका लागि खडा गरिएका निकायहरु बढी सक्रिय हुनुपर्छ ।’

सुख्खा याममा ठूलो विपद बन्ने गरेको आगलागीको समस्याबाट पार पाउन फुसका घर र छाना पूर्णरुपमा विस्थापित गरिनुपर्ने उहाँको भनाइ छ । ‘तराईमा छाना मात्र होइन पुरै घर फुसका छन्, तरकारी ओरिइँदा उत्पन्न झिल्काले पनि आगलागी गराउने गरेको,’ उहाँले भन्नुभयो ‘यसैलाई ध्यानमा राखेर सरकारले फुसका छानालाई टिनले प्रतिस्थापन गर्ने नीति लिएको छ ।

नदीजन्य प्रकोप नियन्त्रणका लागि कम्तिमा १० वर्र्षे योजना बनाएर नदि नियन्त्रण र तिनका प्राकृतिक बहाबलाई कायम राख्ने गरी पुल कल्र्भट जस्ता संरचना निर्माण गरिनुपर्ने बिचार पनि प्रधानमन्त्रीको थियो । त्यसको गर्दा नदीमा अधिकतम् पानी आउँदा पनि स्वाभाविक बहाव हुने व्यवस्था मिलाइनु पर्ने पनि उहाँले बताउनुभयो । भारतीय पक्षसँग कुरा गरी त्यताको नदि निन्त्रणले नेपाली भूभाग डुबानमा पर्ने समस्या धेरै हदसम्म न्यून गरिएको उहाँले बताउनु भयो ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १०:३३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...