back
NMB ad

सुनचाँदी व्यवसायीको हत्याप्रति महासंघको आपत्ति, व्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन माग

Kumari bank ad

काठमाडौं । सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोलि हानी हत्या भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको गंभिर ध्यानाकर्षण भएको छ ।

लहान स्थित अमिता ज्वेलर्सका संचालक ४० बर्षिय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो घटनाले मुलुकभरका सुनचाँदी ब्यवसायीलाई त्रसित र भयभित मात्र बनाएको छैन, यसले सिँगो मुलुकको सुरक्षा ब्यवस्था र ब्यवसायीक सुरक्षाको बिषयमा समेत गंभिर प्रश्नचिन्ह खडा भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सिरहाको लहान नगरपालिका-२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि उक्त समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।

त्यसक्रममा प्रदिपको श्रीमति अमिता विश्वकर्मा पनि घाइते भएको बताइएको छ । लुटेरा समूहले प्रदिपको श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएको बताइएको छ । ब्यवसायी विश्वकर्मा श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको पाइएको छ ।

ब्यवसाय सञ्चालनमा क्रममा यसरी लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनिय भएको र सिङगो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले आम ब्यवसायीलाई हतोत्साही मात्रै नवनाई चिन्तित र दुखित समेत तुल्याएको छ ।

यस किसिमका घटना विगतमा पनि बारम्वार हुँदै आएको र आततायी कृयाकलापको नियन्त्रण गरी आम ब्यवसायीलाई निर्वाधरुपमा शान्ति सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।

सरकार एवं सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषिलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्थागरी शान्ति सुरक्षाको प्रत्याभूतिगर्न समस्त सुनचाँदी ब्यवसायीले माग गरेको जनाएको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार १६:१५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...