back
NMB ad

बैंकमा निक्षेप संकलनको तुलनामा कर्जाको माग बढ्यो, सेयर बजारमा कस्तो पर्ला प्रभाव ?

Kumari bank ad

काठमाडौं । चैत चौथो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ । चैत चौथो साता निक्षेप संकलन २३ अर्ब रुपैयाँले बढ्दा कर्जाको माग ३४ अर्ब रुपैयाँले बढेको छ । यो साता कर्जाको माग भन्दा निक्षेप संकलन घटेको छ ।

चैत चौथो सातासम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३५ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुमा निक्षेप संकलनका साथै कर्जाको माग पनि यो साता केही मात्रामा घटेको छ ।

बैंकर्स संघका अनुसार चैत तेस्रो सातासम्म बैंकहरुले ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तेस्रो चौथो साता आइपुग्दा ३९ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

संघका अनुसार सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरुले चैत महिनामा मात्रै ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गेरर १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चैत पहिलो साताको तुलनामा दोस्रो साता निक्षेप संकलन केही बढेको थियो । दोस्रो साताको तुलनामा तेस्रो साता निक्षेप संकलन ह्वात्तै बढेको थियो । तेस्रोको तुलनामा चौथो सातासम्म आईपुग्दा निक्षेप संकलन केही घटेको छ । कर्जातर्फ पनि यस्तै देखिएको छ ।

अहिले बैंकहरुमा कर्जामा माग निकै बढी रहेको छ । यसको तुलनामा निक्षेप संकलन भने कमी नै देखिएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रमा कर्जामा माग विभिन्न क्षेत्रबाट आउन थालेपछि सेयर धितोकर्जामा जाने ऋणमा केही कमि देखिएको छ ।

अन्यत्र क्षेत्रबाट कर्जाको माग बढ्न थालेपछि सेयर बजारमा कारोबार रकम घट्न पनि थालेको छ । निक्षेप संकलन घट्नु र कर्जाको माग बढ्नुले धेरै नभएपनि सामान्य असर पारेको हुनसक्ने जानकाहरुको भनाइ छ ।

वि.सं.२०७७ चैत ३० सोमवार १७:०२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...