back
NMB ad

कार्यान्वयनमुखी बजेट निर्माणमा व्यस्त अर्थ मन्त्रालय, आगामी आवको बजेट बनाउन यस्तो छ कार्यतालिका

Kumari bank ad

काठमाडौं । सरकार यतिबेला आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट निर्माणका लागि तिब्र रुपमा लागेको छ । आगामी आवको बजेटको लागि राष्ट्रिय योजना आयोगले सबै मन्त्रालयलाई सिलिङ पठाइसकेको छ ।

मन्त्रालयहरुले आयोगबाट पठाएको सिलिङ भित्र कार्यक्रमहरु बनाउने क्रम जारी रहेको छ । यता अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणका लागि कार्यतालिका बनाएर नै लागेको छ । मन्त्रालय विभिन्न ५ वटा महाशाखा प्रमुखसहित मन्त्री बिष्णु पौडेल दैनिक रुपमा १२ घन्टा खटेर बजेट निर्माण गरिरहरको छ ।

यतिबेला मन्त्री पौडेल १२ घन्टा मन्त्रालयमा खटिदा दैनिक २ घन्टा विभिन्न राजनीतिक दलका नेता, सांसद लगायत सरोकारवाला निकायलाई भेटेर राय सुझाव लिइरहनु भएको छ । विभिन्न राजनीतिक दलका नेता तथा संसदहरुले आफ्नो योजनाका लागि बजेट माग्ने क्रम पनि रोकिएको छैन । बजेट माग्नेलाई मन्त्री पौडेलले कोभिड–१९ लाई पुनरुत्थान गर्नेगरी बजेट निर्माण गर्ने बताउँदै आउनु भएको छ ।

उहाँले कतिपयलाई आगामी आवको बजेट चिसो समयको छोटो सिरक जस्तो भएको र त्यो सिरक सबैले तानतुन पारेर ओढनु पर्ने बताउँदै आउनु भएको छ । उहाँले अहिले कोरोनाका कारण अर्थतन्त्रमा समस्या सृजना भएको, राजस्व संकलनमा संकुचन आउने भएको भन्दै अनावश्यक रुपमा बजेट दिन नसकिने भन्दै खर्च गर्न सकिने आयोजनाको लागि मात्रै बजेट माग्न आग्रह गर्नुभएको छ ।

अर्थ स्रोतका अनुसार आगामी आवको बजेटले साना तथा मझौला उद्योग, निर्यात मुलक उद्योग, पर्यटन व्यवसाय तथा प्राथमिकता प्राप्त क्षेत्रलाई समेट्ने रणनीतिका साथ काम भइरहेको छ । साथै आगामी आवको बजेटमा राष्ट्रिय गौरवको आयोजना, रुपान्तरणकारी आयोजनालाई पनि प्राथमिकतामा राखिने भएको छ । तर यस्ता आयोजनाको लागि पनि सिमित मात्रै बजेट विनियोजन गर्ने तयारीका साथ अर्थ मन्त्रालयले बजेट निर्माण गरिरहेको छ ।

मन्त्रालयले बजेट निर्माण गर्नको लागि कार्य तालिका समेत बनाएको छ । मन्त्रालयले चैत १ देखि जेठ १५ गतेसम्मको कार्यतालिका बनाएको छ । साथै यसको लागि जिम्मेवार निकाय समेत तोकेको छ । जसमा चैत १ देखि २० गतेसम्म बजेट तथा कार्यक्रम महाशाखाले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहित सूचकहरु सम्बन्धित काम गर्ने, चैत १० देखि वैशाख ५ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्नुपर्ने कार्यतालिका रहेको छ ।

यस्तै चैत १४ देखि २६ गतेसम्म राष्ट्रिय योजना आयोगले आयोगमा बजेटको नीति र कार्यक्रममा छलफल गर्ने, चैत १५ गतेसम्म राजस्व व्यवस्थापन महाशाखाले विभागहरुलाई बजेट तर्जुमा सम्बन्धमा पोलिसी पेपर तयार गरी चैत १५ भित्र पेश गर्न पत्राचार गर्ने, १५ गतेदेखि नियमित रुपमा राजस्व बोर्ड विकास समितिमा प्राप्त सुझावहरु उपर छलफल तथा सम्बन्धित नियकाहरुसँग छलफल गरी प्रतिवेदन तयारीमा लाग्ने भनिएको थियो ।

चैत १५ देखि २३ सम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल (अन्तर सरकारी वित्त परिषदको बैठक समेत) गर्ने, चैत २२ देखि ३१ गतेसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल (सशर्त अनुदान), वैशाख २ देखि २५ गतेसम्म मन्त्रालयहरुसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत तथा सोही अवधिमा वैदेशिक स्रोत अन्तर्गत प्राप्त हुने रकम यकिन गरी बजेटमा राख्ने कार्यतालिका रहेको छ ।

मन्त्रालयका अुनसार चैत २६ देखि वैशाख २५ गतेसम्म एक महिना बजेट सुझाव संकलन (राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थ मन्त्री, पूर्व गभर्नर, पूर्व सचिव वरिष्ठ अर्थशास्त्रीहरु एवम विज्ञहरुबाट संकलन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै वैशाख २५ गतेभित्र बजेट वक्तव्य मस्यौदा लेखन समितिले विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने, वैशाख २० गते विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकता संघीय संसदका दुवै सदनमा पेश गर्ने, वैशाख २५ गतेसम्म प्राविधिक सहायता तथा अन्य गैर सरकारी संस्थामार्फत परिचालन हुने सहायता यकीन गर्ने, वैशाख ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिम रुप दिई छपाईका लागि प्रेसमा पठाउने तथा ३० गते नै मन्त्रालयगत प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने कार्यतालिका रहेको छ ।

मन्त्रालयका अनुसार जेठ ५ गते राजस्व बोर्ड विकास समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसँग पेश गर्ने, जेठ ६ गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङका लागि मस्यौदा तयार गर्ने, जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने, १० गते नै व्यय अनुमानको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमान सहित) तयार गर्ने, १० गते नै व्यय अनुमानसम्बन्धी किताब छपाईका लागि प्रेसमा पठाउने कार्ययोजना बनाएको छ । मन्त्रालयका अनुसार १२ गते व्यय अनुमानसम्बन्धी किताब छपाईका लागि प्रेसमा पठाउने, १३ गते आर्थिक विद्येयक र विनियोजन विद्येयकलाई अन्तिम रुपमा दिने, १३ गते नै बजेट बक्तव्यलाई अन्तिम रुप दिने कार्यतालिका रहेको छ ।

मन्त्रालयका अनुसार १४ गते राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदमा ब्रिफिङ गर्ने, यही दिन आर्थिक विद्येयक, विनियोजन विद्येयक, राष्ट्र ऋण उठाउने विद्येयक र ऋण तथा जमानत विद्येयक छपाईका लागि पठाउने, १४ गते नै बजेट वक्तव्य र स्रोत पुस्तिका छपाईको लागि पठाउने, यही दिन संघीय संसदका दुवै सदनमा आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयहरुको प्रगति विवरण पेश गर्ने कार्यतालिका रहेको छ ।मन्त्रालयका अनुसार १५ गते अर्थमन्त्री बिष्णु पौडेलले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १०:१३ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...