back
NMB ad

आईपीओ जारी गर्ने तयारीमा खाद्य बैंक, उत्पादनको बजारीकरणलाई उच्च प्राथमिकता

Kumari bank ad

काठमाडौं । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वर स्थीत केन्द्रिय कार्यालयको सुभारम्भ गरिएको छ ।

बैकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत (पुजापाठ सहित) सुभारम्भ गरिएको बैंकले जनाएको छ ।

२ अर्ब लगानीमा देशव्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो ।

यस बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उदेश्य लिएको छ ।

हालसम्म यस बैकमा ५९० जना प्रमोर्टर सेयर सदस्य रहेका छन् । बैकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर सेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ ।

सरकारी मापदण्ड पुरा गरी केही बर्ष भित्रै आईपीओमा जाने समेत बैकको योजना छन् । सेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताउनुभयो ।

यस बैकले पहिलो चरणमा २३ ओटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ । बैकले त्यसका लागि तराइका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:२१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...