back
NMB ad

कामना सेवा विकास बैंकले कमायो साढे ५८ करोडभन्दा बढी खुद नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १७२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा ३८ कराड ८८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ७ करोड ७६ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको सञ्चालन नाफा ५९ करोड ७७ लाख २७ हजार रुपैयाँ रहेको छ ।
२ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७७ करोड ६८ लाख ५३ हजार ४०२ रुपैयाँ रहेको छ ।

बैंकले चैत मसान्तसम्म ३९ अर्ब २४ करोड ७२ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३६ अर्ब ५५ करोड ६६ लाख ६२ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट घटेर १ प्रतिशत रहेको छ । २९ रुपैयाँ ४७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...