back
NMB ad

यस्ता छन् रियलमीद्धारा फाइभजी विकासका लागि गरेको पछिल्लो प्रतिवद्धता घोषणा

Kumari bank ad

काठमाडौं । प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले फाइभ जी विकासका लागि पछिल्लो प्रतिवद्धता घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा फाइभ जीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताउनुभयो ।

घोषणापत्रमा नयाँ योजनाका रुपमा फाइभ जीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार रियलमीले आफ्नो फाइभ जी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्डसेटिङ डिजाइनसहितका सुलभ फाइभ जी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्ग माझ पुर्याइसक्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यस पश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभ जी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ ।

धेरै भन्दा धेरै प्रयोगकर्ताहरु माझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभ जी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ ।

यसैगरी रियलमीले विशेष गरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सात वटा फाइभ जी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर फाइभ जी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूत गतिमा फाइभ जी नेटवर्कको विस्तार गरिरहेको छ ।

पहिलो पटक २०१९ जनवरीमा फाइभ जी नेटवर्क सहितको ‘एक्स ५० फाइभ जी’ सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्य कारेन्जमा फाइभ जी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एक छत्र राज गर्न पनि सफल भएका छन् ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १८:०८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...