back
NMB ad

सीईडीबी हाइड्रोपावरको आईपीओमा १२ लाख बढीको आवेदन, कहिलेसम्म दिन पाइने ?

Kumari bank ad

काठमाडौं । शुक्रावरदेखि बिक्री आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा १२ लाख ११ हजार ३४० जनाको आवेदन परेको छ । आइतबारसम्म १ करोड ८८ लाख ६४ हजार ३२६ कित्ताका लागि आवेदन परेको हो ।

बिक्री प्रवन्धक प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबारसम्म १ अर्ब ८८ करोड ६४ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको आवेदन परेको हो ।कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

कुल आईपीओमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । त्योअनुसार २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

आवेदन दिने मिति छिटोमा बैशाख २१ गतेसम्म खुल्ला गरिने छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गते सम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई केयररेटिङ नेपालले केयर एनपी डबल वि आइएस रेटिङ प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक स्नराइज क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १७:१५ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...