back
NMB ad

आजदेखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला : ४०० कित्तासम्म भर्न पाइने, अन्तिम मिति कहिले ?

Kumari bank ad

काठमाडौं । आजदेखि (वैशाख २१) मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयका लागि मात्र ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

६० लाख कित्तामध्ये ३०% ले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ ।

यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर भने सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रकन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०८:५९ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...