back
NMB ad

आशा लघुवित्तको नाफामा आशा लाग्दो सुधार

Kumari bank ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आशा लाग्दो नाफा आर्जन गरेको छ ।

चैत मसान्तसम्ममा संस्थाले १० करोड ६७ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६७.८१ प्रतिशतले बढि हो ।

गत आको सोही अवधिकमा संस्थाको नाफा २ करोड ९० लाख २६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारसँगै नाफामा समेत बढोत्तरी देखिएको छ ।

गत आवको चैत मसान्तसम्ममा संस्थाले १० करोड ६४ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै गत आवको तेस्रो त्रैमासमा ७२ लाख ३६ हजार रुपैयाँ नोक्सानमा रहेको सञ्चालन मुनाफा चालु आवको सोही अवधिमा आईपुग्दा १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

२६ करोड ७१ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १५ करोड ३५ लाख ३३ हजार रुपैयाँ रहेको छ । १ अर्ब १९ करोड ३९ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब ६३ करोड ८९ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी ५३ रुपैयाँ २९ पैसाले रहेको आशाको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४७ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...