back
NMB ad

खोलामा पानी घट्दा जलविद्युत कम्पनी घाटामा जान थाले, जगेडाकोष ऋणात्मक

Kumari bank ad

काठमाडौं । खोलामा पानी घट्दा सञ्चालनमा रहेको जलविद्युत कम्पनीको नाफा घटेको छ । कतिपय कम्पनी त नोक्सानमा समेत जान थालेका छन् ।

आज तीन वटा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । कम्पनीको वित्तीय अवस्था अनुसार दुई वटा कम्पनीको नाफा घटेको छ भने एउटा कम्पनी नोक्सानमा गएको छ ।

पाँचथर पावर कम्पनी र बरुण हाईड्रोपावरको नाफा घटेको छ भने दिव्यश्वरी हाइड्रोपावर त नोक्सानमा नै गएको छ । यसको कारण भनेको खोलामा पानी कम हुनु र विद्युत उत्पादन नहुनु नै हो । विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा घटनुका साथै नोक्सानमा समेत जान थालेका छन् ।

प्रकाशित वित्तीय अवस्था अनुसार पाँचथर पावर कम्पनीले २ करोड ९५ लाख रुपैयाँ कमाएको छ । गत चैत मसान्तसम्ममा ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको नाफा साढे ५५ प्रतिशतले घटेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा पनि घटेको हो । विद्युत बिक्रीबाट गत आवको तेस्रो त्रैमासमा ३० करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा २६ करोड ७१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । जसको असर नाफामा परेको छ । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ५ लाख रुपैयाँले ऋणात्मक देखिएको छ ।

यस्तै बरुण हाइड्रोपावरको नाफा ५४.९५ प्रतिशतले घटेर ५२ लाख ७२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १ करोड १७ लाख १ हजार रुपैयाँ रहेको थियो । बरुणको पनि विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको छ ।

गत आवको तेस्रो त्रैमासमा विद्युत् बिक्रीबाट ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ४ करोड ५८ लाख २२ हजार रुपैयाँ रहेको छ । जसको असर नाफामा परेको छ । कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । जगेडाकोषमा ८० लाख ६६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

यस्तै दिव्यश्वरी हाइड्रोपावर भने नोक्सानमा नै गएको छ । चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा दिव्यश्वरी हाइड्रोपावरको १ करोड ८० लाख रुपैयाँ नोक्सानिमा रहेको छ । गत आवको सोही अवधिमा ३ करोड १६ लाख रुपैयाँ नोक्सान रहेको थियो । यो अवधिमा कम्पनीले नोक्सानीको रकम घटाउँदै आएको छ ।

यो अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५ करोड २८ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा विद्युत् बिक्रीबाट ५ करोड ७५ लाख आम्दानी भएको थियो । चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १९ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८५ पैसाले नोक्सानीमा रहेको छ । प्रतिसेयर नेटवर्थ भने २६ रुपैयाँ ८६ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार १२:३० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...