back
NMB ad

कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी

Kumari bank ad

काठमाडौं । आज नगर प्रहरीले धोवी खोला सेतोपुलदेखि चावहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ ।

व्यस्त दिनमा सवारी चापले गर्न नसकिने काम बन्दाबन्दीका समयमा नगर प्रहरीहरुले गरिरहेका हुन् । बैशाख १६ गतेपछि मुल सडक क्षेत्रका निर्माण कार्यबाट छोडिएका सामाग्री उठाउन प्रहरीहरु व्यस्त छन् ।

यस क्रममा जनशक्ति, सवारी र उपकरणको प्रयोग गरेर कुचोले बढार्न र उठाउन नसकिने सबै खालका फोहोर र सामाग्री उठाउने गरिएको छ ।

‘सडकमा टुटे फुटेका ह्युम पाइप, सडक र सडक पेटी बनाउँदा बाँकी रहेका रोडा, इटा, ढुङ्गा, सिमेन्ट, सवारी दुर्घटनापछि टुटे फुटेका सडक वा बारका टुक्रा, विजुलीका तारलगायत सामान पाइन्छन् ।’ नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्नुहुन्छ, ‘विकासको जिम्मेवारी पाएका निकायहरु सहरी सुन्दरतामा जिम्मेवार देखिएनन् । बैशाख १६ गतेदेखि अहिलेसम्ममा हामीले ३० ट्रक सामाग्री सडकबाट उठाइसकेका छौँ । यो क्रम जारी रहन्छ ।’

विकास साझेदारले निर्माणपछिको व्यवस्थापनमा जिम्मेवार नहुँदा महानगरलाई दोष आउने गरेको छ । सापकोटा भन्नुहुन्छ ‘सडक, खानेपानी, ढल निकास, विद्युत र इन्टरनेटजन्य सार्वजनिक तथा निजी कम्पनी, घर र भवन बनाउने व्यक्तिहरु कोही पनि आफूले ल्याएको सामान हटाउनमा जिम्मेवार र्छनन् ।’

गएको बर्षको बन्दाबन्दीमा पनि नगर प्रहरीले पार्कका विरुवाको छाँटकाँट, सडक सफाइ र निर्माण सामाग्री हटाउने काम गरेका थिए । यस बर्ष पनि प्रहरीहरु सहरी सुन्दरता अभिवृद्धि र सहरका अड्चन हटाउने काम गरिरहेको छ ।

यस क्रममा सडक किनारामा भएका जोखिमपूर्ण रुखका हाँगा काट्ने र अनधिकृत निर्माण सामाग्री हटाउने काम गरिरहेका हुन् ।

वि.सं.२०७८ वैशाख २७ सोमवार २०:०२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...