back
NMB ad

एनएलजी इन्स्योरेन्सको नाफा २१ करोड बढी, बीमाशुल्क आर्जन २८.८०%ले बढ्यो (विवरणसहित)

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखाएको हो ।

कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.२२ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, चालु आवको तेस्रो त्रैमासमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १ अर्ब ६९ करोड १५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा बीमाशुल्क आर्जन २८.८० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ३१ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीको जारी बीमालेखको संख्या १ लाख ६८ हजार २२८ र नवीकरण गरिएको बीमालेखको संख्या ३३ हजार ८२० रहेको छ । चालु आवको तेस्रो त्रैमासम्ममा कम्पनीले १ अर्ब ७ करोड ७६ लाख ४३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ९८ करोड ९० लाख ५० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा ४२ करोड २८ लाख ५७ हजार रुपैयाँ रहेको छ । बीमा कोषमा १ अर्ब २७ लााख १२ हजार रुपैयाँ र महा विपत्ती जगेडामा ४ करोड १२ लाख ८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...