back
NMB ad

अस्पताल र अक्सिजन उद्योगमा विद्युत नकाटिने, अक्सिजन उद्योगकाे विद्युत क्षमता बढाइयो

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अक्सीजन उद्योग तथा अस्पतालमा विद्युत सेवा निरन्तर आपुर्ति हुने व्यवस्था गरेको छ ।

प्राधिकरण अक्सिजनको अभावपुर्ति गर्न अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत आपुर्ति अवरुद्ध हुन नदिन प्राधिकरणले अनुगमन र श्रोत व्यवस्थापन, सुधारात्मक कार्य र समन्वयात्मक कार्य सुरु गरेको छ ।

प्राधिरणले सुरु गरेको सुधारात्मक कार्यकम नेपालभर रहेका ५३ (प्राधिकरणमा प्राप्त विवरण अनुसार १७ अस्पताल र ३६ उद्योग) अक्सिजन उद्योगहरुमध्ये ८ वटामा बैकल्पिक विद्युत आपुर्तिका व्यवस्था गरिसकिएको छ । साथै अन्य ६ वटामा बैकल्पिक फिडरको निर्माण कार्य सम्पन्न हुने क्रममा रहेको छ ।

बैकल्पिक फिडर नभएका हाम्रो अक्सिजन ग्याँस उद्योग ककनी, सोपान अक्सिजन लुभु, सिद्धि विनायक अक्सिजन गैंडाकोट लगायतका उद्योगहरुमा अक्सिजन उद्योगभन्दा अगाडि ११ के.भि. लाइनमा आइसोलेटर राखि कारणवश लाइन अवरुद्ध हुन गएमा आइसोलेटर काटी अक्सिजन उद्योगसम्म तत्काल विद्युत सुचारु गर्न सकिने व्यवस्थामि लाईएको छ ।

नेपाल कोरीयन मैत्रि अस्पताल, ठिमीलाई अक्सिजन उद्योग संचालन गर्न विद्युत क्षमता वृद्धि गरीएको छ । साथै विनायक अक्सीजन उद्योग, दुहवीको विद्युतक्षमता ४५० के.भि.ए.बाट ६०० के.भि.ए.मा वृद्धि गरिएको छ ।

अक्सिजन उद्योगलाई विद्युत महशुल बाँकी बक्यौता भएतापनि नियमानुसार पछि भुक्तानीगर्ने गरी हाललाइन सुचारु गरीएको छ ।
अक्सिज नउद्योग र अस्पतालमा निरन्तर विद्युत आपुर्तिगर्न वितरण केन्द्रका नोलाइट फाँटहरुमा २४ सैं घण्टा ड्युटीको व्यवस्था मिलाईएको छ ।

यस्तै समन्वयात्मक कार्यहरुमा अक्सिजन उद्योगहरुमा निरन्तर विद्युत आपुर्तिलाई सहज बनाउनको लागि केन्द्रिय स्तरमा र प्रादेशिक स्तरमा स्थानीय प्रशासन, नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुख र अक्सिजन उद्योगका प्रतिनिधिहरु समेत राखि भाइवर र वाट्स एप ग्रुप बनाई समस्याको जानकारी लिने÷दिने र समन्वयगरि तत्काल समाधान गर्ने गरिएको छ ।

अक्सिजन उत्पादन कम्पनीहरुमा नियमित विद्युत आपुर्ति कार्यलाई बढी सहज, प्रभावकारी र समन्वयात्मक बनाउन निम्नानुसारको कमिटी गठन गरीएको जनाएको छ । जसमा बागमती प्रादेशिक कार्यालयको संयोजकमा श्रीराम राज पाण्डे रहनु भएको छ । उहाँको सम्पर्क नम्बर ९८५१२७३७१० रहेको छ । उहाँले बागमती प्रदेश अन्तर्गतको अक्सिजन उत्पादक कम्पनीहरुलाई समेत समन्वय गर्नुहुने छ ।

यस्तै टेकनाथ तिवारी प्रमुख, प्रदेश-१ प्रादेशिक कार्यालय-सदस्य (सम्पर्क नंः ९८५२०७९६६६ प्रदेश नं १ अन्तर्गतको अक्सिजन उत्पादक कम्पनीहरुलाई समन्वयगर्ने), रामु श्रेष्ठ, प्रमुख, सिमरा वितरण केन्द्र प्रमुख-सदस्य (सम्पर्क नं. ९८५५०२१०६६ प्रदेश नं २ अन्तर्गतको अक्सिजन उत्पादक कम्पनीहरुलाई समन्वयगर्ने गरी), मुनिन्द्र ठाकुर ,प्रमुख , लुम्बिनी प्रादेशिक कार्यालय-सदस्य (सम्पर्क नं. ९८५७०५८०५५ गण्डकी प्रदेश, लुम्बिनि प्रदेश, कर्णालि प्रदेश, सुदुर पश्चिमप्रदेश अन्तर्गतको अक्सिजन उत्पादक कम्पनीहरुलाई समन्वयगर्ने), सुर्य नारायण मण्डल, उपप्रबन्धक, बागमती प्रादेशिक कार्यालय-सदस्य सचिव (सम्पर्क नंः ९८५४०३१३१०) रहनु भएको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १७:४१ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...