back
NMB ad

एनआईसी एशिया बैंकले ल्यायो आकर्षक क्यास ब्याक सहितको नयाँ योजना, यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न एनआईसी एशिया बैंकको आकर्षक क्यासब्याक सहितको नयाँ योजना ल्याएको छ ।

बैंकले कोभिड–१९ को दोस्रो लहरलाई रोकथाम तथा नियन्त्रण गर्न अहिले देशका अधिकांश स्थानमा निधेषाज्ञा लागू भईरहेको अवस्थामा नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै हामी सबैले व्यक्तिगत तथा संस्थागत नागरिकका तर्फबाट आ–आफ्नो स्तरमा असाधारण कदम चाल्नु पर्ने आजको टड्कारोलाई विमर्श गर्दै यस्तो योजना ल्याएको हो ।

बैंकले एक संस्थागत उत्तरदायी नागरिकको हेतुले आफ्ना ग्राहक महानुभावहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, MoBank गरौं’ योजना सार्वजनिक गरेकोे छ ।

बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आएको छ । यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप प्रयोगकर्ता महानुभावहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम  १०० नगद फिर्ता -(Cashback_)प्राप्त गर्न सक्नुहुनेछ र यस योजना अन्तर्गत एक जना ग्राहक महानुभावले योजना अवधिभर अधिकतम रू। ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहकहरूले NIC ASIA MoBank  प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नुहुनेछ । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । यस iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन र बचत स्कीम परिवर्तन गर्न), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, नयाँ कार्ड आवेदन र Insta Buy)  ग्राहकहरूले सरल तरिकाले लिन सक्नुहुनेछ ।

बैंकको NIC ASIA MoBank एप प्रयोग नगरेका ग्राहक महानुभावहरूले प्ले स्टोर वा एव स्टोरबाट सो एप डाउनलोड गरी स्वयं दर्ता समेत गर्न सक्ने सुविधा रहेको छ । बैंकले डिजिटल कारोबारमा बढि भन्दा बढी ग्राहक महानुभावहरूलाई सहभागी गराउनका लागि प्रवद्र्धन गर्न बैंकको अनलाइन खाता खोली पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा ५ प्रतिशत वा अधिकतम २५० रुपैयाँसम्म तथा ष्क्भचखभ मार्फत मोबाइल बैंकिङ्ग दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० रुपैयाँसम्म नगद फिर्ताको जोजना कार्यान्वयन गरिरहेको छ ।

साथै, प्रत्येक हप्ता सुपर सिक्स योजना अन्तर्गत NIC ASIA MoBank एपबाट QR  कोड स्क्यान गरी भुक्तानी गरेमा ६ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म नगद फिर्ताको योजना समेत उपलब्ध रहेको छ ।

वि.सं.२०७८ जेठ ३ सोमवार १४:३६ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...