back
NMB ad

मुलुक अप्ठेरोमा पर्दा सधैं महासंघ अग्रभागमा छ : अध्यक्ष शेखर गोल्छा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि बढाएको एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत संचालित सबै कार्यक्रमहरूबाट ठूलो संख्यामा मानिसहरू लाभान्वित भैरहेका छन् ।

महासंघले वैशाख २६ गतेदेखि थालेको यस अभियान अन्तर्गत २ वटा आइशोलेशन तथा उपचार केन्द्र, महासंघ कोभिड-१९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा संचालनमा छन् भने अन्य थप कार्यक्रमहरू पनि संचालनमा ल्याउने योजनामा महासंघ छ ।

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अन्तरगत क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र संचालनमा आएको छ ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सिंह र महानगरपालिकाका उपमेयर खडगी (श्रेष्ठ)ले आइशोलेशन सेन्टरको प्रभावकारी संचालनमा आ–आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

महासंघका अध्यक्ष गोल्छाले कोरोना महामारी मुलुकका लागि अहिले निकै ठूलो चुनौती भएर आएको र यो चुनौतीलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको बताउनुभयो । उहाले भन्नु भयो ‘मुलुक अप्ठेरोमा पर्दा महासंघले सधै अग्रभागमा रहेर सेवा गरेको यसको इतिहास छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आम मानिसको स्वास्थ्य सुरक्षा नै यतिखेर प्रमुख चासो रहेकोले महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान नै संचालन गरी संक्रमणको चपेटामा परेका जनतालाई सहयोग गर्न हातेमालो गरेको स्पष्ट पार्नुभयो ।

आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच वैशाख ३० गते समझादारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

सेन्टर अहिले ५० वटा बेडबाट शुरु गरिएको छ र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाइने योजना छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड बिरामीहरूलाई उचित खाना, औषधि, बासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइशोलेशन सेवा प्रदान गरिनेछ ।

केन्द्र अन्तर्गत आइशोलेशनमा रहेका बिरामीहरूलाई आपतकालिन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुनेछ ।

महासंघ र वडा नम्वर १७ बीचको आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइशोलेशनमा रहेका विरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने रहेको छ ।

यस्तै आइशोलेशनमा रहेका आपतकालिन वा आकस्किम उपचारको स्थितिमा रहेका बिरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाएको छ भने महासंघले कोभिड आइशोलेन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्नेछ ।

त्यसैगरी महासंघले भगवान महावीर जैन-निकेतन, आरम्भ फाउण्डेशन र काठमाडौं-२९ को सहयोग एवं सहकार्यमा वैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको ड्राई आइशोलेशन केन्द्र (अक्सिजन र आपतकालिन सेवा वाहेकको ) संचालनमा ल्याइसकेको छ । उक्त केन्द्र मार्फत हाल ४० जनाले सेवा पाइरहेका छन् ।

उक्त केन्द्र संचालनका लागि भगवान महावीर जैन निकेतनले स्थान उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेशनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको व्यवस्थापन गरिरहेको छ ।

कोभिड संक्रमणको समस्यामा परेकाहरूको सहयोगार्थ स्थापना गरिएको महासंघ कोभिड सहायता केन्द्रबाट निकै धेरै मानिसहरूले राहत पाएका छन् । कोभिड संक्रमणबाट ग्रसित भई समयमा अस्पतालमा बेड पाउन नसकेका, अक्सिन, एम्बुलेन्स लगायतका सेवा समयमा पाउन नसकी समस्यामा परेका बिरामी र तीनका आफन्तहरूलाई केन्द्रमार्फत सहयोग भइरहेको छ । केन्द्रबाट हालसम्म सयौं मानिसहरु लाभान्वित भैसकेका छन् ।

महासंघका सबै सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानहरूले आआफना क्षेत्रमा आफूले सकेको सहयोग गरीरहेका छन् । स्वास्थ्य सामग्री, आइशोलेशन निर्माण तथा संचालन, एम्वुलेन्स सेवा संचालन, औषधि वितरण, अस्पतालहरूलाई आर्थिक तथा स्वास्थ्य सामग्रीहरू उपलव्ध गराई सहयोग भैरहेका छन् ।

वि.सं.२०७८ जेठ ३ सोमवार १८:५३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...