काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य उकालो लागेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ३ सय रुपैयाँ वृद्धि भएको हो ।
शुक्रबार ९३ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर ९३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ ९३ हजार १ सय रुपैयाँ निर्धाण गरिएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । प्रतितोला ५ रुपैयाँले घटेको चाँदी आजका लागि १३ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ जेठ ९ आइतवार १०:४० मा प्रकाशित