back
NMB ad

राष्ट्र बैंकको नीतिले ऋण असुली प्रभावित हुने, सेयर बजारमा वित्तिय संस्थाको लगानी नहुने : बैंकर्स मनोज ज्ञवालीको विचार

Kumari bank ad

मनोज ज्ञवाली, डेपुटी जनरल म्यानेजर, नबिल बैंक

नेपाल राष्ट्र बैंकले मौद्रिक नितीको तेस्रो त्रैमासिक समिक्षा पश्चात आज (मंगलबार) नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्था माइक्रोफाइनान्सको लागि निर्देशिका जारी गरेको छ ।

उक्त निर्देशिकाको कारण सेवाग्राहीलाई केही सहज भएपनि बैंकिङ क्षेत्रमा भने केही असर देखिने भएको छ । राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण बैंकिङ क्षेत्रमा देखिने मुख्य असरहरुमाः

कर्जाका ग्राहकलाई ब्याज तथा किस्ता चुक्ता गर्ने समयावधिमा राहत तर यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको इन्ट्रेस्ट सस्पेन्स र खराब कर्जा बृद्धि हुनेछ ।

हरेक पटक ब्याज परिवर्तन गर्दा लाखौ रुपैयाँ बैकहरुको एमएमएस चार्जमा मा जाने र एसएमएस सेवा प्रदायकको आम्दानीमा राम्रो बृद्धि हुनेछ । हाल ३.६४ करोड निक्षेप खाता र १६.८ लाख कर्जा खाता छन् । एकपटक ब्याजदर परिवर्तनले बैंकलाई लागत ३ करोड हाराहारी पर्न जान्छ । महिना महिना ब्याज परिवर्तन सबैले गर्ने हो भने ३६ करोड बार्षिक खर्च हुन्छ । यसको बिकल्पको रुपमा सबै ग्राहकको इमेल लिने र अटोमेटिक एमेल नोटिफिकेसनमा काम गर्नु पर्ने देखियो । तर तत्काललाई खर्च बढ्यो ।

सेयर बजारमा अब बैंक तथा बित्तीय संस्थाहरुको थप लगानी नहूने, बैंक तथा बित्तीय संस्थाहरुले अरु बैंक तथा बित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने हुन्छ । हाईड्रो, बीमा र अन्य को डिभिडेन्ड इल्ड २ प्रतिशत पनि छैन ।

बजारमा एक बर्षको मार्केट रिस्क लिएर ट्रेजरी बिल भन्दा तलको डिभिडेन्ड इल्ड मा कुनै बैंक तथा बित्तीय संस्थाको ट्रेजरीले पैसा हाल्दैन । केहि संस्थाहरूको स्प्याक्युलेटिभ अर्निङ बन्द हुने भयो । यसको अर्थ डिभिडेन्ड इलड राम्रो नभएका कम्पनीहरूमा लगानी नगर भने झै भयो । ग्राहकहरुलाई लकडाउनमा पनि केवाईसी अपडेट गर्न सहज हुने भयो । कतिपय बैकहरुले शुरु गरिसकेकै कामलाई अब सबैले गर्नुपर्ने देखियो ।

मौद्रिक नितीको तेस्रो त्रैमासिक समिक्षा पश्चात राष्ट्र बैंकले दिएको निर्देशनका मुख्य व्यबस्थामाः

अक्सिजन प्लान्टको लागी आधार दरमा कर्जा दिनुपर्ने । विधुतीय परियोजनाको कमर्शियल अपरेशन डेट पर सरेमा ब्याज पूजीकरण आफै गर्न सकिने । मानव सेवा आश्रम र राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्थालाई दिएको रकम सिएसआरमा गणना हुने । कोभिडको कारणले भएको लकडाउन अवधि र लकडाउन सकिएको ७ दिनसम्म कर्जा ग्राहकहरुसंग कुनै थप रकम असुल्न नपाउने ।

बाणिज्य बैंकहरु एक आपसमा मर्जर या प्राप्तिमा जाँदा दिइने छुटको लागी मर्जर-प्राप्तिको समय सिमा २०७८ असार बाट २०७९ असारसम्म सारियो । बैंक तथा बित्तीय संस्थाहरुले १ वर्ष भन्दा कम अवधिको लागी सेयर बजार मार्फत सेयर खरिद बिक्री गर्न रोक, लघुवित्तको साधारण सेयर खरिद रोक, यसअघि गरेको खरिद २०७८ पुससम्म बिक्री गरिसक्नुपर्ने ।

सेयर धितोकर्जा को लागी १८० दिनको औषत लिनुपर्ने, अहिले १२० दिनको लिने व्यबस्था थियो । निषेधाज्ञा सकिएको १ महिनासम्म ऋण असुली प्रक्रियामा रोक । निषेधाज्ञाको समय मै ग्राहकले ब्याज र किस्ता भुक्तानी गरेमा बैंक तथा वित्तीय संस्थाहरुले छुट दिन सक्ने ।
केवाईसी अपडेटहरु डिजीटल माध्यमबाट गरेर निष्क्रिय खाताहरुलाई सञ्चालनको ब्यवस्था गर्ने । निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन गर्दा ग्राहकलाई इमेल या एसएमएस मार्फत तत्काल जानकारी गराउनुपर्छ पर्ने रहेको छ ।

वि.सं.२०७८ जेठ ११ मंगलवार २०:५८ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...