back
NMB ad

अध्यादेश मार्फत सिंहदरबारबाटै बजेट प्रस्तुत गर्दै सरकार, बढ्ला त बृद्ध भत्ता र कर्मचारीको तलब ?

Kumari bank ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८-०८९ को बजेट आज (शनिबार) ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको हलबाट प्रस्तुत गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकाले आगामी आवको बजेट सरकारले अध्यादेशबाट ल्याउन लागेको हो ।

शनिबार ४ बजे अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुुत गर्ने बजेटमा निकै चासोको रुपमा बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब भत्तालाई लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि विभिन्न कार्यक्रममा बृद्ध भत्ता बढाउने र कर्मचारीको तलब बढाउने संकेत गर्नु भएको छ ।

कोरोनाको महामारीको समयमा ल्याउने बजेटमा बृद्ध भत्ता र कर्मचारीको तलब बढाउँदा त्यसको लागि आवश्यक स्रोत व्यवस्थापन गर्न समस्या भएको अर्थ मन्त्रालय स्रोतको दाबी छ । आगामी आवको बजेट विशेषगरी कोभिड–१९ ले पारेको असरलाई न्यूनिकरण, अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी निर्माण गरिरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले नै उदघोष गरेपछि उहाँले घोषणा गरेको बृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता केही बढाउने भएपनि कर्मचारीको तलबको विषयमा यकिन हुन नसकेको अर्थ स्रोतको भनाइ छ । यदि तलब बढेको खण्डमा बढीमा १५ प्रतिशतको हाराहारीमा बढने बताइएको छ । संसद विघटन भएका कारण यो पटक सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको हो ।

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:५८ मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...