back
NMB ad

सामाजिक सुरक्षाको मोडालिटी परिवर्तन हुन्छः अर्थ सचिव ढुंगाना

Kumari bank ad

काठमाडौं । अर्थ सचिव शिशिर ढुंगानाले बजेट कार्यान्वयन आजैबाट सुरु भएको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फत आर्थिक वर्ष २०७८-०७९ को बजेट पछीको छलफल कार्यक्रम उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आजै केही मन्त्रालयको सचिवलाई बोलाएर बजेट कार्यान्वयनमा लाग्नेका लागि छलफल गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा सामाजिक सुुरक्षाको दायित्व बढदै जाँदा राज्यको क्षमताले धान्छ वा धान्दैन भन्ने विषयमा ध्यान दिएको बताउनुभयो ।

‘अब सामाजिक सुरक्षा कार्यक्रम केही समय यसरी अघि बढन्छ । केही समयमा यो परिवर्तन भएर योगदानमा आधारित हुन्छ’ उहाँले भन्नुभयो ‘त्यो भयो भने राज्यलाई भार कम हुन्छ ।’ उहाँले शैक्षिक धितोकर्जा गत वर्ष १३९ जनाले लिएको स्मरण गराउँदै यसलाई प्रभावकारी बनाउन मौद्रिक नितिले काम गर्ने र यो कार्यक्रम आगामी आवमा लक्ष्यमा पुग्ने बताउनुभयो ।
यस्तै सरकारले बजारमा तरलता अभाव हुन नदिँने तथा ब्याजदर नबढने गरी आन्तरिक ऋण उठाउने र परिचालन गर्ने जानकारी पनि गराउनुभयो ।

उहाँले नेपाल एयरलाईन्सको संरचनागत परिवर्तन र रणनैतिक पार्टनर खोज्ने सरकारको तयारी रहेको बताउनु भयो । उहाँका अनुसार अब नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा चलाउने सरकारको तयारी रहेको छ । यसको लागि सेयर संरचना बढाउने हो सरकारको तयारी रहेको छ । त्यो भयो भने रणनीतिक साझेदार भित्र्याउन सजिलो हुने उहाँको भनाइ छ । सरकारले पैसा हाल्दैमा राम्रो हुन्छ भन्न नसकिन भन्दै अब व्यवसायीक प्रतिस्पर्धा बढाउन तर्फ लाग्नुपर्ने बताउनु भयो ।

सचिव ढुंगानाले बजेट कार्यान्वयनका लागि सरकारले स्रोतको व्यवस्थापन गर्ने र कार्यान्वयनको शिलशिलामा समस्या भए सहजिकरण गर्न सरकार तयार रहेको बताउनु भयो । बजेट कार्यान्वयन गरेर विकासमा निर्माण सरकारले काम गर्नेछ । महामारीले रोजगारी गुमाएका जनताको लागि अभिभावको भुमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

सबैलाई कोरोना खोपको व्यवस्था गर्न सकेमा आर्थिक पुनरुत्थानमा लाग्ने र साउन बाट कोरोना महामारी कम हुँदै जाने भएका कारण विनियोजन गरेको बजेट खर्च हुने उहाँको दाबी छ । कार्यक्रममा उहाँले विज्ञको सुझाव र वन मन्त्रालयको सुझावमा खानीजन्य क्षेत्रको गिटी बालुवा निकासी गर्न खोजेको जानकारी गराउनुभयो । पर्यवरणमा सरकार निकै सचेत रहेको पनि बताउनुभयो ।

बीमा समितिले कोरोना बीमाका लागि अर्थ मन्त्रालयसँग पैसा मागेको र सरकारले दिएको सहमति अनुसार पैसा दिने जानकारी गराउनु भयो । ‘हामीसँग भएको रिसोर्सको परिधिमा रहेर केही समयमा नै पैसा दिने छौ्रं’ उहाँले भन्नुभयो ‘कोरोना बीमाको दाबी भुक्तानी मिलाउने छौं ।’

वि.सं.२०७८ जेठ १७ सोमवार १२:०० मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...