back
NMB ad

मेरै पालामा उत्तरी नाकाबाट मल ल्याउन सफल भयौ, खेती लगाउने समयमा मलको अभाव हुँदैनः पूर्व मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले आफ्नै पालामा पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन सफल भएको बताउनु भएको छ ।

पूर्वमन्त्री अर्यालले तात्कालिन, अल्पकालिन र दीर्घकालिन रुपमा मलको समस्या समाधान गर्नेगरी काम अगाडि बढाएको बताउनुभयो ।

अल्पकालिन रुपमा मलको समस्या समाधान गरिसकेको भन्दै उहाँले खेतिपाती लगाउने सिजनसम्मका लागि मलको व्यवस्था गरिएको र किसानलाई मलको अभाव नरहेको प्रष्ट पार्नुभयो ।

‘हामीले वर्षौदेखी रहेको मलको समस्या समाधान गर्न तत्कालिन, मध्यकालिन र दीर्घकालिन हिसाबले कार्यहरु अगाडि बढाएका छौं । तत्कालिन रुपमा रहेको समस्या समाधान गरिसकेका छौ । खेतिपाती लगाउने यो सिजनसम्मका लागि मलको व्यवस्था भइसकेको छ’, उहाँले भन्नुभयो, ‘मध्यकालिन रुपमा मलको समस्या समाधान गर्न भारत सरकारसँग कुराकानी भएर परराष्ट्र मन्त्रालयमार्फत प्रकृया अगाडि बढेको छ । दीर्घकालिन रुपमा समस्या समाधान गर्न मल कारखाना खोल्ने प्रकृया अगाडि बढेको छ । जसका निम्ती अहिलेको बजेटमा बजेट बिनियोजन भएर प्रकृया अगाडि बढेको छ ।’

उहाँले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने बताउनुभएको छ । कृषि मन्त्रालयबाट आइतबार (आज) बिदा हुँदै पूर्व मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो । ‘यो मन्त्रालयमा म छोटो समय काम गर्ने अवसर पाए । तर छोटो समयमै भएपनि केही महत्वपूर्ण कामहरु सम्पन्न गर्ने मौका पाएको छु’, उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा कतिसम्म रहिन्छ भन्ने ठूलो कुरा ठूलो कुरा होइन । के गरिन्छ भन्ने महत्वको कुरा हो ।’

मन्त्रालयको जिम्मेवारीमा आएको छोटो समयमै उखु किसानहरुको समस्या समाधान गरी आन्दोलन बिश्राम गराउने कार्यमा सफल भएको स्मरण गर्दै पूर्वमन्त्री अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको केही समस्या समाधान गरी व्यवस्थापन गर्ने कार्य गरिएको बताउनुभयो ।

सरकारले पहिलोपटक देशैभरको डिजिटज कृषि नक्सा बनाउन सफल भएको भन्दै उहाँले त्यसको घोषणा पनि आफ्नै पालामा गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । कृषिको डिजिटल नक्साले देशभरको माटोको अवस्था पत्ता लगाउन सकिने भन्दै पूर्वमन्त्री अर्यालले व्यवसायिक कृषि कार्य गर्दा त्यसबाट सफल भइने समेत बताउनुभयो ।

पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरिएको भन्दै उहाँले सरकारले दुध उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य लिएको बताउनुभयो । ‘हामीले पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरेका छौ’ उहाँले भन्नुभयो ‘सरकारले २ वर्षभित्र दुध उत्पादनमा पनि आत्मनिर्भर हुने लक्ष्य लिएर अगाडि बढिरहेको छ’, उहाँले भन्नुभयो ।

प्रविधिमा आधारिक कृषि कार्यका निम्ती इजरायली सरकारसँग सम्झौता भएको भन्दै अर्यालले यसै वर्षदेखी काम शुरु गर्ने तयारी भएपनि कोभिड-१९ का कारण अहिलेको विषम परिस्थिती सिर्जना भएका कारण अहिले त्यो रोकिएको बताउनुभयो ।

मन्त्री अर्यालले उक्त मन्त्रालयमा १६० दिनको अवधिमा गरेका मुख्य कामको बारेमा समेत जानकारी गराउनु भएको छ ।

मुख्य मुख्य उपलव्धिहरूः

१. उखु किसानको आन्दोलन व्यवस्थापन र समस्या समाधानको लागि पहिलो हप्ता नै पहल गरी आन्दोलित उखु कृषकहरू फिर्ता गराउन पहल।

२. भन्सार नाकाहरूमा नेपाल नेशलन सिंगल विन्डाे सिस्टम वाट क्वारेन्टाइन सेवा संचालन आरम्भ।

३. कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्ड व्यवस्था।

४. सार्क क्षेत्रमा नै पहिलोपटक देशभरिकै माटोको डिजिटल नक्सा सार्वजनिकीकरण र प्रयोग।

५. सम्माननीय प्रधानमन्त्रीज्यूबाट किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ।

६. सम्माननीय प्रधानमन्त्रीज्यूबाट पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दुधमा आत्मनिर्भरताको घोषणा।

७. स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन।

८. इतिहासमै पहिलोपटक उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात।

९. इजरायल सरकारको सहयोगमा सवै प्रदेशका एक एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन।

१०. नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि सरकार सरकार (जी टू जी ) प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्‍वाट स्वीकृति प्राप्त।

वि.सं.२०७८ जेठ २३ आइतवार १७:०९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...