back
NMB ad

बजारमा फेरि थपियो तीन कम्पनीको १ करोड १४ लाख कित्ता सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । यस साता सेयर बजारमा १ करोड भन्दी बढी कित्ता सेयर थपिएको छ । यस विभिन्न तीन कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

यस साता नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, सिईडिबी हाइड्रोपावर  र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो ।

तीन कम्पनीको कुल १ करोड १४ लाख १२ हजार ३ ६१.७८ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

जसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशनको २० लाख १० हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले १० प्रतिशत बोनस बापतको उक्त सेयर जेठ २५ गते सूचीकृत गराएको हो ।

यस साता सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता आईपीओ सूचीकृत भएको हो ।

यस्तै, यो हप्ता  ग्लोबल आइएमई लघुवित्तको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर सूचीकृत भएको छ ।

कम्पनीले स्पर्स लघुवित्त वित्तीय संस्थालाई १ः०.९० को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको उक्त सेयर नेप्सेमा सूचिकृत गराएको हो ।

वि.सं.२०७८ जेठ २९ शनिवार १२:११ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...