back
NMB ad

आर्थिक वर्ष सकिन ३ साता बाँकी हुँदा बजेट खर्च ६३.२१ %, राजस्व ८०.७७ प्रतिशत संकलन

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा जम्मा ६३.२१ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कोरोना महामारीका कारण सरकारले अपेक्षा अनुसार बजेट खर्च गर्न नसक्ने जनाएको छ । अहिलेसम्म जम्मा ६३.२१ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षामार्फत बजेट खर्चको संशोधित अनुमान १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँबाट घटाएर १३ खर्ब ४८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । १३ खर्ब ४८ अर्ब ६८ करोडमा असार ५ गतेसम्म ९ खर्ब ३२ अर्ब १५ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब २४ दिन बाँकी रहेको छ ।

असार ५ गतेसम्म चालु खर्च ७४.६७ र पुँजीगत खर्च ४२.५३ प्रतिशत मात्रै रहेको छ । शनिबारसम्म ७ खर्ब ८ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ चालु खर्च भएको छ । यस्तै पुँजीगत खर्च ४२.५३ अर्थात १ खर्ब ५० अर्ब ११ करोड ५ लाख रुपैयाा रहेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ४२.४९ अर्थात ७३ अर्ब ४२ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।

यो अवधिमा सरकारले ८ खर्ब १७ अर्ब १६ करोड ४६ लाख अर्थात ८०.७७ प्रतिशत राजस्व संकलन गरेको छ । जसमा कर राजस्वतर्फ ७ खर्ब ६३ अर्ब १० करोड ३३ लाख अर्थात ८८.५९ प्रतिशत, गैरकर राजस्वतर्फ ५४ अर्ब ६ करोड १३ लाख रुपैयाँ अर्थात ५४.७१ प्रतिशत संकलन भएको छ ।

महालेखा नियन्त्रक कार्यालयमा असार ७ गतेसम्म १० अर्ब ७ करोड ५४ लाख अर्थात १६.५५ प्रतिशत अनुदान पाएको छ । सरकारले चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर सरकारले बजेटको अर्धवार्षिक समिक्षामा राजस्व संकलन लक्ष्य करिब ६ प्रतिशतले घटाएर ९ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । त्यो लक्ष्य कोरोनाले पुरा नहुने दिने सम्भावना न्यून प्राय रहेको छ । अबको २४ दिनमा सरकारलाई राजस्व संकलनको लक्ष्य भेटन असहज हुने सम्भावना बलियो देखिएको छ ।

वि.सं.२०७८ असार ६ आइतवार १३:१२ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...