back
NMB ad

डिजिटल मुद्राको प्रयोग बढेसँगै बिआईएसको बैठकमा डिजिटल करेन्सीको चर्चा

Kumari bank ad

काठमाडौं । बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बिआईएस) को ९१ औं बैठकमा डिजिटल करेन्सीको विषयमा निकै चर्चा भएको छ ।

प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दै गएको र केन्द्रीय बैंक डिजिटल करेन्सीको अवधारणामा जानु पर्ने विषयमा निकै चर्चा भएको छ ।

उक्त बैकठमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पनि सहभागिता रहेको थियो । असार १४ र १५ गते भर्चुअल माध्यममा भएको बैठकमा पहिलो दिन बैंक अफ इङ्गल्यान्ड तथा बैंक अफ क्यानडाका पूर्व गभर्नर मार्क क्यार्नीले केन्द्रीय बैंकको भूमिकाको विषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले केन्द्रीय बैंकको विगत र वर्तमानको तुलनात्मक भूमिका, बदलिँदो विश्व वित्तीय प्रणालीमा देखिएका नवीनम चुनौतीलाई सम्बोधन गर्दै मौद्रिक तथा वित्तीय स्थायित्वका निम्ति केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने रणनीतिक व्यवस्थाबारेमा जानकारी गराउनु भएको छ । प्रविधिमा आएको परिवर्तनसँगै डिजिटल मुद्राको प्रयोग बढ्दै गएको र केन्द्रीय बैंक डिजिटल करेन्सीको अवधारणाका विषयमा समेत क्यार्नीले बताउनुभयो ।

बैठकमा बिआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले संस्थाको वार्षिक आर्थिक प्रतिवेदनको बारेमा जानकारी गराउनुभयो । उहाँले कोभिड-१९ का कारण शिथिल बनेको अर्थतन्त्रको दीर्घकालीन स्थिरताको निम्ति नीतिगत आधारशीला तयार गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसको लागि संरचनागत सुधार, नवप्रवर्तनात्मक प्रविधिको विकास र विश्वव्यापी नीतिगत सहकार्य एवम् समन्वय हुनुपर्ने आवश्यकतामा महाप्रबन्धक कार्सटेन्सको रहेको थियो ।

बीआईएसको आर्थिक प्रतिवेदनले कोभिड महामारीका कारण आयस्तर र स्रोतको पहुँचमाथि तीव्र रूपमा असमानता बढेको उल्लेख गर्दै मौद्रिक तथा वित्तीय नीतिमार्पmत त्यसलाई न्यूनीकरण गरी समष्टिगत आर्थिक स्थायित्वतर्पm उन्मुख हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

बैठकमा सबल वित्तीय प्रणालीका निम्ति बीआईएसबाट भएका नवीनतम र नवप्रवर्तनात्मक प्रयासबारे जानकारी गराइएको छ । सन् १९३० मा स्थापना भएको बीआईएसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन् । यसको प्रधान कार्यालय स्विट्जरल्याण्डको बाजलमा रहेको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १८:४१ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...