back
NMB ad

तराईका जनता भारतीय कम्पनीमा बीमा गर्न बाध्य, ‘नेपालीले दाबी भुक्तानी नै दिँदैनन्’

Kumari bank ad

काठमाडौं । महोत्तरी जिल्लाको मोतिहानी नगरपालिका मेयर हरी प्रसाद मण्डलले आफ्नो क्षेत्रमा अहिले पनि भारतीय कम्पनीले कम्पनीले बीमा गराउने गरेको बताउनु भएको छ ।

अहिलेपनि केही मानिसले भारतीय जीवन बीमा कम्पनीमा बीमा गराउने गरेको स्मरण गराउँदै त्यसमा पनि धेरै समस्या भएको दाबी गरे ।
‘स्थानीयले आफ्नो आम्दानीको स्रोतको वास्ता नै नगरी बीमा गर्ने गरेका छन्’ उहाँले भन्नुभयो ‘एक, दुई किस्ता तिरेपछि शुल्क तिर्न नसकेर सरेण्डर गर्ने क्रम बढेको छ ।’

बीमा समितिले आयोजना गरेको सचेतना कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले उक्त क्षेत्रमा बीमाको चेतना कम भएको बताउनु भयो । त्यसको लागि स्थानीय भाषामा सचेतना कार्यक्रम, प्रचार प्रसार आवश्यक रहेको उहाँको भनाई छ । अहिलेसम्म ५ देखि १० प्रतिशतसम्म मात्रै कृषि, पशुबीमा भएको जानकारी गराएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ महोत्तरीका अध्यक्ष मोहन गुप्ताले नेपाली बीमा कम्पनीमा बीमा गर्दा दाबी भुक्तानी नदिएको गुनासो गर्नुभयो । अझै पनि उक्त क्षेत्रमा केही व्यापारीहरुले मात्रै बीमा गरेपनि दाबी भुक्तानी नपाउने समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले त्यहाँ देखिएको समस्या समाधानको लागि आफूले पहल गर्ने बताउनुभयो । केही विषयमा नीति आवश्यक परेको खण्डमा नीति पनि बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, महिला समूह, उद्योग वाणिज्य संघ, बीमकका शाखा प्रमुख प्रतिनिधिहरु, शिक्षक वित्तीय संस्थाको प्रतिनिधिहरु, कृषक प्राविधिक, अगुवा कृषहरु तथा सरोकारवाला निकायलाई राखेर सचेतना कार्यक्रम भएको बीमा समितिका सहायक निर्देशक पूर्ण थापाले बताउनुभयो ।

वि.सं.२०७८ असार २२ मंगलवार १८:५८ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...