back
NMB ad

बगरमा परिणत भएको मेलम्चीलाई बागवानी, बगैँचा, खेती, मत्स्यपालन क्षेत्रको रुपमा विकास गरौंः प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्बाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ ।

गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

‘यहीँ ठाउँमा त्यसैगरी उस्तै वस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिश नगरौं । किनभने २-४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ’ उहाँले भन्नुभयो ‘आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ ।’

बाढी पहिरोले खोला किनारका वस्तीहरु, बजारहरु, संरचनाहरु वा खेतीपातीलाई ने सँधै बिग्राने बताउँदै प्रधानमन्त्रीले सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोधात्मक खालका संरचनाहरुको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने बताउनुभयो ।

साथै प्रधानमन्त्रीले अहिले बगरको रुपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरुमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले उक्त भ्रमणका क्रममा राहत रकमका साथमा ३६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले यहाँ तत्काल अस्थायी बसोवासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने र, त्यो सँगै ५० हजार रुपैयाँ पनि तत्काल उपलब्ध गराइने बताउनुभयो ।

ओलीले उक्त मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनस्र्थपना कार्यको विस्तृत जानकारी समेत लिनुभयो ।

वि.सं.२०७८ असार २७ आइतवार १०:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...