back
NMB ad

युनियन लाइफको आईपीओ आजै बाँडफाँड हुने सम्भावना, यसो भन्छ बिक्री प्रबन्धक

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँडको तयारी गरिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ‘प्रि अलोटमेण्ट’ कार्य भईरहेको छ ।

प्रि अलोटमेण्टको काम सकिएपछि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाउने क्यापिटलले जनाएको छ । बोर्डले स्वीकृत दिएपछि आजै बाँडफाँड हुने क्यापिटलको भनाई छ ।

“‘प्रि अलोटमेण्ट’ सकिएको तीन कार्यदिन भित्र बाँडफाँड गर्नुपर्ने हुन्छ, क्यापिटलले भन्यो– ‘बोर्डले स्वीकृति दिएपछि आजै बाँडफाँड हुने सम्भावना रहेको छ ।”

युनियन लाइफले असार २४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो ।  कम्पनीको आईपीओमा अहिलेसम्मकै बढी आवेदन परेको छ । कम्पनीले आईपीओमा पर्ने आवेदनमा नयाँ रेकर्ड कायम गरेको छ ।

कम्पनीको आईपीओमा २१ लाख ७२ हजार ८६८ जना ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । यो संख्या अझै बढने सक्ने क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमा ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था गरेको थियो ।

वि.सं.२०७८ असार ३१ बिहीवार १३:२७ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...