back
NMB ad

युनियन लाइफको आईपीओमा साढे १५ लाखको हात खाली, तपाई पर्नुहोला त ५ लाख ५८ हजार भित्र ?

Kumari bank ad

काठमाडौं । युनियन लाइफको आईपीओमा साढे १५ लाख बढीको हात खाली हुने भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त आईपीओ रितपूर्वक आवेदन दिएका कुल आवेदक मध्ये १५ लाख ५४ हजार २९९ को हात खाली हुने भएको हो ।

कम्पनीको आईपीओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । यसमध्ये कुल योग्य आवेदनको संख्या भने २१ लाख १२ हजार ७९९ जना रहेको क्यापिटलले अर्थतन्त्रलाई जानकारी दिएको छ ।

क्यापिटलका अनुसार ४ हजार ८०१ आवेदन डुब्लिकेशन भएको जनाएको छ । क्यापिटलले ‘प्रि अलोटमेण्ट’ कार्य सकेकाले उक्त आईपीओ आजै बाँडफाँड हुने जनाएको छ ।

योग्य कुल आवेदक मध्ये ५ लाख ५८ हजार ५ सय जनालाई न्युनतम १० कित्ता आईपीओ पर्ने छ । क्यापिटलका अनुसार यो नै आधिकारिक तथ्याङ्क हो । यहि तथ्याङ्क अनुसार आजै आईपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमा ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था गरेको थियो ।

वि.सं.२०७८ असार ३१ बिहीवार १४:१० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...