back
NMB ad

नयाँ आर्थिक वर्षको पहिलो कारोबारबाटै सेयर लगानीकर्ता बने मालामाल, किन देखियो यस्तो सुुधार ?

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो सेयर बजारमा लगानीकर्ता निकै उत्साहित देखिएका छन् ।

कारोबारको सुरु देखि नै बजार तिब्र बढोत्तरीको गतिमा अघि बढेको थियो । नयाँ आर्थिक वर्षको पहिलो कारोबार निकै भव्य बनेको छ ।
लगानीकर्ताहरु नयाँ जोश र उर्जाको साथ बजारमा प्रवेश गरेसँगै बजारले निकै पृथक गति लिएको छ ।

धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि प्यानिक बनेको बजार पुन पुरानै गतिमा अघि बढ्ने लक्षण नयाँ आर्थिक वर्षको पहिलो कारोबारले संकेत गरेको छ ।

यो दिन नेप्से मापन गर्ने सूचक मात्रै नभएर कारोबार रकमले पनि लगानीकर्तालाई केही हदसम्म उर्जा दिएको छ । हुनत् यसअघि कारोबार रकम करिब २० अर्ब पुँगी सकेको छ । बोर्डको एक सूचनाले इन्डेक्ससँगै कारोबार रकम पनि निकै घटेको थियो ।

नयाँ आवको पहिलो कारोबारले लगानीकर्ताको मनोबल बढाउने तर्फ संकेत गरेको छ । आजै देखि लगानीकर्ताले दुईथरी लाभकर तिर्ने व्यवस्था सुरु भएको छ ।

३६५ दिनभन्दा कम अवधिमा सेयर बिक्री गरेमा ७.५ र ३६५ दिन भन्दा अढी अवधिको सेयर बिक्रीमा ५ प्रतिशत लाभकर तिर्ने व्यवस्था सुरु भएको छ । लाभकरमा नयाँ व्यवस्था लागुभएपनि बजारमा त्यसले खासै असर नपरेको कारोकार गतिविधिले देखाएको छ । लगानीकर्ता अझै पनि मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् ।

नयाँ अर्थमन्त्री जनार्दन शर्माले बजार र साना लगानीकर्ताको हितमा काम गर्ने भनेपछि बजारमा थप हौसल ा थपिएको पनि बजारका जानकारहरुको भनाई छ ।

यो दिन बजार ९७.२१ अंकले बढेर परिसूचक २९८०.७१ बिन्दुमा रोकिएको छ । २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार कित्ता सेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा निकै सुधार देखिएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १५:०२ मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...