back
NMB ad

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच सम्झौता, कृषि अनुदान कर्जामा किसानको पहुँच वृद्धि गर्दै

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एक कार्यक्रमको आयोजना गरि बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न, सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका सेयर सदस्य,उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ ।

उक्त सम्झौताअनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८ सय भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवाप्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

वि.सं.२०७८ साउन ७ बिहीवार १२:३८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...