back
NMB ad

१६९ प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षको चौथो त्रैमासमा १५ करोड ४३ लाख २१ हजार नाफा कमाएको छ ।

कम्पनीले शुक्रवार सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १६९.६३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७२ लाख ३३ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको चुक्तापुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले गत वर्ष २ अर्ब ३७ करोड ४२ लाख ८० हजार रुपैयाँ कर्जा सापटी लिएको छ भने २ अर्ब ५७ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

उक्त अवधिमासम्म कम्पनीले ५ अर्ब ५६ करोड ७४ लाख ४५ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ८३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६३ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा, प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १२:२१ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...