back
NMB ad

ग्लोबल आइएमई लघुवित्तको नाफा २८३ % ले बढ्यो, खराब कर्जा बढेर २.६६ प्रतिशत पुग्यो

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

संस्थाले गत आवको असार मसान्तसम्म २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २८३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा संस्थाले ५ करोड ९४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा आएको सुधारले नाफा बढाएको छ । गत आवको असार मसान्तसम्म आईपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशतले बढेर ४५ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २४१.१४ प्रतिशतले बढेर ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

४३ करोड १७ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ रहेको छ । २ अर्ब १३ करोड ८६ लाख ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ६ अर्ब १६ करोड २६ लाख २ हजार हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर २.६६ प्रतिशतमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ०२ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...