back
NMB ad

समिट लघुवित्तले कमायो १२ करोड नाफा, खराब कर्जा पनि बढ्यो

Kumari bank ad

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ११ करोड ९८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २०१.६२ प्रतिशतले बढी हो ।

कम्पनीको अघिल्लो आवको सोही अवधिमा ३ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापुँजी ५५.०५ प्रतिशतले बढेर ३९ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा कम्पनीको चुक्तापुँजी २५ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जगेडा तथा कोषमा २१ करोड ७८ लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । अघिल्ला आवको चौथो त्रैमासमा २.९० प्रतिशत रहेको खराब कर्जा गत आवमा बढेर ४.८८ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...