back
NMB ad

बौद्ध ग्रन्थ ३ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री गर्ने भन्दै रकम असुल्ने २ जना पक्राउ

Kumari bank ad

काठमाडौं । प्रहरीले पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ भन्दै नगद १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

दुवैजनालाई गोकर्णेश्वर नगरपालिका–८ आरुबारीबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं माकलबारी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका २० वर्षीय आशिष लामा तामाङ र काठमाडौं महानगरपालिका–७ चावहिल सरस्वतीनगर बस्ने भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भएका ३० वर्षीय रजिन राई रहेका छन् ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका–८ घर भएका १ पुरुषलाई साउन १४ प्राचिन पुरातात्विक बौद्ध ग्रन्थको ३ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री गर्ने भन्दै झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १७:३१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...