back
NMB ad

अब मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने, प्रभु बैंकले ल्यायो यस्तो सुविधा

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।

ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गरेको हो ।

अब सीआरएम मेशिनबाट आफुले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने भएको छ । उक्त सेवा आजैदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

सीआरएम मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको बताइएको छ । उक्त सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै योजना रहेको बैंकले जनाएको छ ।
मेशिनबाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र रिसिप्ट/भौचर प्रिन्ट हुन्छ ।

साथै, उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । बैंकबाट सञ्चालनमा ल्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ ।

नेप्ससँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईने बताइएको छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १८:४८ मा प्रकाशित

You can share this post!

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ जेठ १३ आइतवार १०:४१

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:२४

गलेश्वर (म्याग्दी), १३ जेठः पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको...

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१९

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर...

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...