back
NMB ad

आँखुखोला जलविद्युत कम्पनीको नाफा साढे १० लाख, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । आँखुखोला जलविद्यूत कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले नाफामा उल्लेखीय सुधार गरेको छ । अघिल्लो वर्ष ३ करोड १० लाख ७६ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने १० लाख ५२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने १४.४४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२ करोड ६२लाख ७० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको गत वर्ष १९ करोड ३५ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने नोक्सानीमा देखिएको छ । अघिल्लो वर्ष २५ करोड ८८ लाख ६२ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको जगेडा तथा कोष गत वर्ष बढेर २६ करोड २२ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ पैसा र प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १४:२७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...