back
NMB ad

सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकता : मेयर शाक्य

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।

‘महानगरवासीले मात्रै होइन सिङ्गो देशवासीले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने हेतूले महानगरपालिका क्षेत्रभित्रका सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेका हौँ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले राम्रो काम गर्नेहरुसँग सहकार्य गर्ने नीति लिएको छ । त्यही नीति अनुसार हामीले कोरोनाका बेला विभिन्न अस्पताललाई ४५ वटा भेण्टिलेटर हस्तान्तरण गरेका थियौँ । दुई ओटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ ।’

शाक्यले डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्को साढे चार तलाको आधुनिक भवन निर्माणमा महानगरपालिकाले सम्झौता गरिसकेको पनि बताउनुभयो । ‘अहिले खरिद प्रक्रिया अघि बढेको छ ।

छिटै निर्माण प्रक्रिया अघि बढ्छ,’ शाक्यले भन्नुभयो, ‘ऐतिहासिक निशुल्क चिकित्सालयलाई भवन निर्माणका लागि हामीले पाँच करोड विनियोजन गरिसकेका छौँ । टोखामा आधुनिक बाल अस्पताल निर्माणका लागि चार करोड सहयोग गर्ने गरी बजेट विनियोजन सहयोग गरेका छौँ ।’

उहाँले समता अस्पतालसँग सहकार्य गर्ने गरी सहुलियत दरमा स्वास्थ्य परिक्षण गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । ‘कोभिडका बेला नरदेवी अस्पताल, निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्र्यौ । राधास्वामीमा काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोग र व्यवस्थापनमा अक्सिजन थेरापीसहितको आइसोलेशन सञ्चालन गर्र्यौ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका नाम चलेका सम्पूर्ण सरकारी अस्पतालसँग हामी सहकार्य गरिरहेका छौँ । हामीले टिचिङ स्पताललाई साढे सात करोड आर्थिक सहयोग गर्ने सम्झौता गरी प्रक्रिया अघि बढाएका छौँ । वीर अस्पताललाई पनि हामीले भेण्टिलेटरसहिको सेवामा सहयोग गरेका छौँ ।’

शाक्यले गंगालल अस्पताललाई अक्सिजन प्लाण्ट राख्न सहयोग गरेको पनि स्मरण गराउनुभयो । उहाँले टेकु, सिभिललगायतका अस्पतालाई सहयोग गरेको स्मरण गराउनुभयो ।

महानगरवासीबाट उठेको करलाई जसिक्दो उनीहरुकै सेवामा खर्च गर्ने नीति अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गराउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएको ईश्वरमान डंगोलले हाल सामूदायिक स्वास्थ्य सेवा परिषद्बाट सामाजिक सुरक्षा भत्ता लिएका ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण भैरहेको बताउनुभयो । ‘आगामी दिनमा करदाताहरुको पनि निशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना बनाइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म हामी छिटै उहाँहरुलाई पनि प्रोत्साहित गर्न यो सेवा सुरु गर्ने छौँ ।’

परिषद्का सचिव प्रकाशकुमार श्रेष्ठले महानगरपालिकाले जग्ग्गाप्राप्तिको अवस्थादेखि नै सहयोग गर्दै आएको भन्दै महानगरपालिकालाई धन्यवाद दिनुभयो । ‘२ रोपनी ९ आना १ पैसामा बनेको यो परिषद्बाट हाल ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाकै आर्थिक सहयोगमा साढे चार तलाको आधुनिक भवन निर्माणमा भैरहेको छ । त्यसपछि यसलाई अस्पतालको रुपमा सञ्चालन गर्ने छौँ ।’

वि.सं.२०७८ साउन २९ शुक्रवार १८:०७ मा प्रकाशित

You can share this post!

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...