back
NMB ad

नेपाल फाइनान्सको नाफा साढे २ करोड बढी, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौ । नेपाल फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले २ करोड ६२ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.२१ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ४६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीले २ करोड ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा २४.५० प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ६६ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफामा भने ६ करोड ७३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४ करोड ६७ लाख ४२ हजार रुपैयाँ मुनाफा गरेको कम्पनीले गत वर्ष भने २८.५२ प्रतिशतले बढाएको हो । कम्पनीको वितरणयोग्य नाफा १ करोड ७४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४३ करोड ९४ लाख ४६ हजार रुपैयाँ राखेको छ ।

गत वर्ष कम्पनीको खराब कर्जा घटेको देखिएको छ । अघिल्लो वर्ष ६८.६३ प्रतिशत रहेको खराजब कर्जा गत वर्ष ४४.८२ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २८ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १२:११ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...