back
NMB ad

कोरोना महामारीमा पनि २० प्रतिशतले बढ्यो बैंकको नाफा, कुनको कति ?

Kumari bank ad

बिक्रम सुनार,
काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार भएको छ । कोरोना महामारीको समयमा पनि वाणिज्य बैंकको नाफा १९.९७ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ५२ अर्ब ८२ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको थियो । गत आवको चौथो त्रैमासमा आइपुग्दा १९.९७ प्रतिशतले बढेर ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार रुपैयाँ रहेको छ । कोरोनाको समयमा पनि वाणिज्य बैंकको नाफामा पनि सुधार अपेक्षित रुपमा सुधार देखिएको छ ।

यो अवधिमा नाफा आर्जनमा अग्रस्थानमा नबिल बैंक रहेको छ । नाफा आर्जनमा नबिल पहिलो बैंक बनेको छ । बैंकको नाफा सबैभन्दा बढी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो । नबिल बैंकपछि धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकको नाफा ४१.८६ प्रतिशतले बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

२ वटा बैंकको नाफा ४ अर्ब बढी रहेको छ । यस्तै ६ वटा बैंकको नाफा ३ अर्ब बढी रहेको तथ्याङकले देखाएको छ । त्यसमा पनि राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७७६ हजार रुपैयाँ रहेको छ । बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब ३९ करोड ७३ लाख १६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा १३.६८ प्रतिशतले घटेको छ । गत आवमा नाफा घटने अर्को बैंकमा एभरेष्ट, नेपाल एसबीआई र सेञ्चुरी बैंक पनि रहेको छ । बैंकको नाफा २७.३४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

३ अर्ब बढी नाफा कमाउने बैंकमा वाणिज्यका साथै कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम, एनआईसी एसिया बैंक र नेपाल बैंक रहेका छन् । यस्तै ८ वटा बैंकको नाफा २ अर्र्ब बढी रहेको छ । त्यसमा पनि हिमालयन बैंकको नाफा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । बैंकको नाफा १५.८९ प्रतिशतले बढेको छ ।

यस्तै ८ वटा बैंकको नाफा १ अर्ब बढी रहेको छ । जसमा एभरेष्ट बैंक, माछापुच्छे«, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमाण्डू, सनराइज, स्टयान्डर्ड चार्टर्ड र एनसीसी बैंक रहेका छन् । बाँकी २ वटा सेञ्चुरी र सिभिल बैंकको नाफ अर्ब भन्दा कम रहेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको रहेको छ । बैंकको नाफा ८४.१६ प्रतिशतले बढेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १६:२२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...