काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरु स्वस्थ्य प्रोटोकलको पालना हुनेगरि मनाउ अनुरोध गरेको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरु स्वस्थ्य प्रोटोकलको पालना हुनेगरि परम्परागत रुपमा संकेतिक तवरले मनाउन अनुरोध गरेको हो ।
प्रशासनले भदौ ८ गतेसम्म निषेधाज्ञा जारी रहेको र कोरोना महामारी संक्रमण तथा जोखिम दर उच्च रहेकाले भिडभाडजन्य गतिविधि नर्गन/नगराउनुहुन सर्वसाधारणमा अनुरोध गरेको हो ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार १०:२० मा प्रकाशित