back
NMB ad

सेबोनको सञ्चालकबाट चन्द्र ढकालले दिए राजिनामा, अध्यक्ष ढुंगानाको नैतिकताले कति गर्ला काम ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिका सदस्यबाट चन्द्र प्रसाद ढकालले राजिनामा दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा बोर्डको सञ्चालक समिति सदस्यमा रहनु भएका बरिष्ठ उपाध्यक्ष ढकालले सञ्चालक समितिको सदस्यबाट राजिनामा दिनु भएको हो ।

उहाँले महासंघका अध्यक्ष शेखर गेल्छालाई आफू सेबोन सञ्चालकमा नबस्ने जानकारी गराउनु भएको छ । ढकालले राजिनामा दिएसँगै सेबोनमा कसलाई पठाउने भन्ने विषयमा निर्णय नभएको महासंघ निकट स्रोतको भनाई छ । सर्वोत्तम सिमेन्ट प्रकरण्मा नाम जोडिएसँगै सदस्य ढकालले राजिनामा दिनुभएको हो ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, सदस्य चन्द्र प्रसाद ढकाल, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्र सिंह साउदको नाम जोडिएको छ । जसले गर्दा साउदले मंगलबार पदबाट राजिनामा दिनु भएको छ ।

सेबोन सदस्य ढकालले बुधबार महासंघलाई राजिनामा बुझाउनु भएको छ । अब बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना नैतिकताको आधारमा राजिनामा दिने वा नैतिकतालाई बेवास्था गर्दै पदमा नै बसिरहने हुन सबैको चासोको विषय बनेको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १५:५१ मा प्रकाशित

You can share this post!

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...