back
NMB ad

आधा दर्जन कम्पनीको १ करोड ३२ लाख बढी कित्ता हकप्रद सेयर आउँदै, कुनको कति ?

Kumari bank ad

काठमाडौं । करिब आधा दर्जन कम्पनीले १ करोड ३२ लाख बढी कित्ता हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

बोर्डमा समृद्धि फाइनान्स, शिखर इन्स्योरेन्स, छाङ्दी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायण डेभलपमेन्ट बैंकले १ करोड ३२ लाख १० हजार ६४० कित्ता हकप्रद सेयर निष्काशनका लागि विभिन्न मिति निवेदन दिएका हुन् ।

जसमध्ये समृद्धि फाइन्सको २७ लाख २९ हजार ७०५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि गत साउन १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।

यता शिखर इन्स्योरेन्स कम्पनीले १०ः३ को अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कशनका लागि जेठ २५ गते बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएस एस क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशनका लागि छाङ्दी हाइड्रोपावरले बैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंकले ३० लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि गत पुस २६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

१३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्काशनका लागि नारायणी डेभलपमेन्ट बैंकले असार ८ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः१ को अनुपात हकप्रद निष्काशन गर्न लागेको हो । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १५:०३ मा प्रकाशित

You can share this post!

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...