back
NMB ad

ग्यास सिलिन्डरको मूल्य आफूखुसी बढाइयो

Kumari bank ad

काठमाडौं । ग्यास उद्योगीहरुले खाली सिलिन्डरको धरौटी रकम ५ सय रुपैयाँसम्म बृद्धि गरेका छन् । सिलिन्डरकै मूल्य बढेपछि भरिएको ग्यायासको मूल्य ४ हजार रुपैयाँसम्म तिर्न उपभोक्त बाध्य भएका छन् ।

नबकग्यास विक्रेता महासंघका अनुसार उद्योगीले अभावको मौका छोप्दै खाली ग्यास सिलिन्डरको मूल्य हृवात्तै बढाएका छन् । सवैभन्दा महँगो सिलिन्डरमा श्रीमाया कम्पनीको छ ।

श्रीमायाको एउटा सिलिन्डरको मूल्य २ हजार ५ सय रुपैयाँ पर्छ । नाकाबन्दी अघि श्रीमायाको मूल्य २ हजार १ सया रुपैयाँ थियो । ग्याससहित श्रीमाया सिलिन्डरको मूल्य ४ हजार रुपैयाँ पर्छ ।

निजी कम्पनीले बढाए पनि साल्ट ट्रेडिङ कर्पोरेसनले भने सिलिन्डर मूल्य बृद्धि गरेको छैन । सबैभन्द कम मूल्य रहेको एसटीसीको २ हजार १ सय रुपैयाँ छ । ग्याससहित एसटीसीको मूल्य ३ हजार ५ सय रुपैयाँ पर्छ ।

उद्योगले सिलिन्डरको धरोटीबापतको रकम लिने भनिए पनि उद्योगीहरुले यसलाई बिक्री सरह नै मान्ने गरेका छन् ।

ग्यास विक्रिेता महासंघ नेपालका महासचिव चन्द्रबहादुर थापाले एउटै मापदण्डढ र एउटै ग्यास भर्ने सिलिन्डरमा फरक फरक मूल्य निर्धारण गर्नु गलत भएको बताए । नेपालमा ग्यास सिलिन्डर बनाउने ४ वटा कम्पनी मात्रै छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ जेठ ३१

वि.सं.२०७३ जेठ ३१ सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...