back
NMB ad

न्यूनतम २१० मा प्रभुको साँढे २ लाख कित्ता सेयर आजदेखि बिक्रीमा : कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले आजदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंककले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक बैंकको संस्थापक सेयरधनीहरु वा योग्य जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि भदौ २८ गतेभित्र आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
उक्त सेयर खरिदका लागि न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

उक्त सेयर भन्दा बढी खरिद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले १० अंकको गुणाङ्कमा अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ १५ मंगलवार १०:२३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...