Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • आयल निगमका कार्यकारी निर्… Sep 18, 2017 Arthatantra
    काठमाडौ। सरकारले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयल निगमका लागि जग्गा खरिद गर्दा घोटला गरेको आरोप लागेका खड्कालाई हटाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। यसअघि मन्त्रिपरिषद् बैठकले नै खड्कालाई हटाउने विषयमा पनि छलफल भएको थियो। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले कुनै ...
  • प्रदेश नम्बर २ को मतदान सु… Sep 18, 2017 Arthatantra
    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेको त्यहाँस्थित हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । निर्वाचन ...
  • कांग्रेस एमालेबीच झडप ! Sep 17, 2017 Arthatantra
    धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । दूवै दलले एकअर्काले आक्रमण गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा सांघातिक आक्रमण भएको जनाएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गए राति करिब १२ बजे आक्रमण भएको हो । मेयर पदका उम्मेदवार यादवले आफूहरु सुतिरहेको अवस्थामा १०० बढीको समूहमा आएका ...
  • नेपाल–भारत सीमा नाका ७२ घन… Sep 16, 2017 Arthatantra
    रौतहट । नेपाल–भारत सीमामा रहेको गौर भन्सार नाका ७२ घन्टाका लागि बन्द भएको छ । प्रदेश नं.२ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ । असोज २ मा हुने स्थानीय ...
  • प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारको चुनावी खर्चको सीमा १४ लाख प्रस्ता… Sep 14, 2017 Arthatantra
    काठमाडौ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि चुनावी खर्चको १४ लाख तोक्ने प्रस्ताव अघि सारेको छ । आयोगले बुधबार प्रमुख दलका नेताहरुलाई बोलाएर चुनाव खर्चबारे छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको स्पष्ट पारे। राजनीतिक दलहरुकै सुझावको आधारमा बस्तुनिष्ट ...
  • सुन तस्करीका मुख्य नाइके माओवादी केन्द्रबाट गाउँपालिकामा निर्वाचित अध्… Sep 12, 2017 Arthatantra
    पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ...
  • नेपाली इतिहाँसकै सबैभन्द… Sep 11, 2017 Arthatantra
    काठमाडौ। सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ लिएका हुन् । राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान ...
  • आज बीपीको सम्झनामा देशभर क… Sep 9, 2017 Arthatantra
    काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले ...
  • चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा;नारायणी र राप्ती नदी जोडेर रिङरोड… Sep 8, 2017 Arthatantra
    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघीय संसदको चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन् । प्रचण्डले दुई पटक चुनाव लडेको काठमाडौं छाडेर चितवन रोजेका हुन् । प्रेस सेन्टरले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने छन् । जिल्लाको विकासका लागि पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकतामा रहेको उनले ...
  • परराष्ट्रमन्त्री महरा र स… Sep 7, 2017 Arthatantra
    चिन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिहिबार बेइजिङमा आफ्ना चीनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्वीपक्षीय हित तथा साझा चासोका साथै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्सको कार्यान्वयनलाई तीव्रता दिने लगायतका विषयमा छलफल भएको जनाईएको छ। बिहिबार नै बेइजिङस्थित नेपाली दूतावासमा गरिने रात्रीभोजमा मन्त्री महराले भेटघाट तथा भ्रमणका बारेमा थप जानकारी दिइने कार्यक्रम रहेको छ ...

[aas_zone zone_id=”6984″]